हेटौंडाकै विकट विद्यालयको बालबालिकालाई विद्यालय पोसाक वितरण

गुगलपाटी संवाददाता
१५ माघ २०७६ १३:०६

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको आकाशधारा पानीसारा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । हेटौंडाकै विकट मानिने यस विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको हो ।

हेटौंडा उपमहाँनगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले यस विद्यालयका ९७ जना विद्यार्थीलाई पोसाक वितरण गर्नुभएको हो । गरिवीका कारण खान, लाउन र पढ्नका लागि समस्या वेहोर्दै आएका वालबालिकाहरुलाई उपप्रमुख लामाले पोसाक वितरण गर्नुभएको हो ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शुक्र घलानको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिकाका सदस्य कृष्ण बहादुर राइ, वडा सदस्य सरस्वती दाहाल, धुर्व धिताल लगायतकाको सहभागिता रहेको थियो ।