हेटौंडा क्याम्पसमा महिनावारी सचेतना

गुगलपाटी संवाददाता
१५ माघ २०७६ १६:०८

हेटौंडा :  मकवानपुरको हेटौंडा क्याम्पसमा महिनावारी सम्बन्धी छात्राहरुलाई जानकारी मुलक कार्यक्रम गरिएको छ । हेटौंडा क्याम्पसको आयोजनामा स्नात्तक तहमा अध्ययनरत् युवतीहरुलाई महिनावारी हुँदा हुने समस्या, सामाजिक र मनोवैज्ञानिक असर बारे चेतनामुल कार्यक्रम भएको हो ।
कार्यक्रममा महिला स्वास्थ्य तथा प्रजन्न विशेषज्ञ गंगा दाहालले रजश्वला हुँदा हुने समस्याहरु र यसको असरबारे छात्राहरुलाई जानकारी दिएकी थिईन् । कार्यक्रममा उनले यौन स्वास्थ्य र व्यवहारिक विषयमा युवतीहरुलाई पर्ने मनोवैज्ञानिक असरबारे जानकारी गराएकी थिईन् । यस्तै मानव अधिकारकर्मी आरती पाठकले महिला अधिकारको विषयमा सचेत युवा वर्गले परिवर्तनशील भुमिका खेल्नु पर्ने बताईन् । अधिकार प्राप्ति र समाज परिवर्तन गर्न पहिले आफु नै लाग्नु पर्ने बताएकी हुन् । उनले संस्कार परिवर्तन गर्नु धर्म परिवर्तन नभएको भन्दै परम्परागत र व्यवहारिक कुरामा ध्यान दिनुपर्ने बताएकी हुन् ।
हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरको सभाध्यक्षतामा भउको कार्यक्रममा हेटौंडा क्याम्पसमा प्राध्यापकहरु दिपेन्द्र ढकाल, अर्पण पराजुलीले महिलाको क्षमत अभिवृद्धिको लागि विद्यार्थीको भुमिकाका बारेमा अवगत गराएका थिए । कार्यक्रममा स्ववियु हेटौंडाका क्याम्पसका सभापति उमेश पुरी सहित ७० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।