भारतमा पनि देखियो कोरोना भाइरस

गुगलपाटी संवाददाता
१६ माघ २०७६ १०:४६

 हेटौडाः चीनबाट सुरु भएको कोरोना भाइरस भारतमा पनि पुगेको छ । केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको त्यहाँका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको हो । भारतमा करिब पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ । नेपालमा पनि एक विद्यार्थीमा यो भाइरसको लक्षण देखिएको छ । कोरोना भाइरसले चीनमा १७० को ज्यान लिइसकेको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।
स्रोतः अनलाइनको सहयोगमा