नेकपाले हेटौंडा नगरमा संसदीय दल गठन गर्ने

गुगलपाटी संवाददाता
१७ माघ २०७६ १०:५२

हेटौंडा/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिकाका कमिटिको बैठक आज शुक्रबार बसेको छ । नेकपा मकवानपुरका सचिव प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।
बैठकले ४१ सदस्यीय नगर सल्लाहकार कमिटि चयन गरेको छ । बैठकले १९ वटै वडा कमिटिहरुको पूर्ण बैठक बस्ने मिति तय गरेको छ । साथै चैत्र भरिमा सबै वडामा राजनीतिक बैचारिक प्रशिक्षणहरु सञ्चालन गर्ने समेत बैठकले निर्णय गरेको छ ।
साथै नगर स्तरीय संसददीय दल गठन समेत निर्णय गरेको पार्टी नगर सचिव तिर्थ थापाले बताए । नगर अध्यक्ष रघु आचार्यको अध्यक्षतामा बसेको बैठकमा नेकपा नेता तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेल, बलराम बल, श्रीधर पोखरेल, कमान सिं पाख्रिन, विवेक राई, तिलक अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।