बागमति प्रदेशका ५१ इन्स्टिच्युटलाई अनुमति
गुगलपाटी संवाददाताहेटौडा
कुमारी स्याङ्बो
हेटौडा बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ५१ वटा इन्स्टिच्युटलाई भाषा कक्ष्ाँ, ट्युसन कक्षा, लोकसेवा तयारी, कम्प्युटर कक्षा लगायतका कक्ष्ाँहरु सञ्चालन गर्न अनुमति दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमै बागमति प्रदेशभित्रका ५१ वटा संस्थाहरुलाई अनुमति दिएको हो ।
मन्त्रालयमा गत आर्थिक वर्ष २ सय १२ वटा इन्स्टिच्युटले अनुमति लिन आवेदन दर्ता गरेको थियो । चालु आर्थिक वर्षमा एकसय भन्दा बढि संख्यामा इन्स्टिच्युटको अध्ययन तथा अवलोकन गरेको शिक्षा शाखाको अधिकृत कृष्ण आचार्यले बताए । मन्त्रालयले इन्स्टिच्युटको नवीकरण, कर, चुक्ता, कर्मचारी नियुक्ति, निश्चित योग्यता पुगेको र मापदण्ड पुरा गरेकोलाई मात्र अनुमति प्रदान गरेको जनाएको छ । आवेदन दिएका अन्य इन्स्टिच्युटहरुलाई पनि अनुमति प्रदान गर्ने प्रकृयामा रहेको आचार्यले जानकारी दिए ।