सिन्धुलीमा जिप दुर्घटना, सरकारी कर्मचारीको मृत्यु, चालक घाइते
गुगलपाटी संवाददाताहेटौडाः बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जर गाउँपालिका ५ खनियाखर्कमा जिप दुर्घटना हुँदा सरकारी कर्मचारीको मृत्यु भएको छ । काठमाडौं जाँदै गरेको स १ च १००९ न को जिप दुर्घटनामा सप्तरी कञ्चनपुर नगरपालिका ६ का सूर्यन्द्रनारायण चौधरीको मृत्यु भएको हो । मृतक चौधरी कञ्चनपुर नपाका सहलेखापाल थिए ।
दुर्घटनामा जिप चालक महमद अफरोज सख्त घाइते भएका जिल्ला प्रहरी कार्यलयका प्रमुख रन्जु सिग्देलले बताइन् । जिप सडकबाट करिब सय मिटर तल खसेको छ ।
स्रोतः कान्तिपुर