सोलिड्यारिटी द्धारा पत्रकार दाहाल सम्मानित

गुगलपाटी संवाददाता
१८ माघ २०७६ ०८:३९

जी. न्यौपाने

हेटौडाः मकवानपुरको हेटौंडामा रहेको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी उमाविको २७ औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालयका संस्थापक ऋषिराम आचार्यको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण घिमीरेको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो ।

भेलामा प्याव्सनका केन्द्रिय सदस्य मदनकुमार दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष सरिता दाहाल, अभिभावक संघका संस्थापक अध्यक्ष रमिला सापकोटा, पिटिए अध्यक्ष इश्वर मैनाली, पिडीएफ सदस्य प्रध्युम्न आचार्य लगायतको आतिथ्यता थियो । अभिभावक भेलामा शैक्षिक विकासमा पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार सरिदा दाहाललाई सोलिड्यारिटी शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कारको राशी नगद दश हजार रुपैंया रहेको जनाएको छ । सहीखबर साप्ताहिककी प्रकाशक तथा सम्पादक दहाल नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष हुन् । संचारिक समूहको बागमती प्रदेश संयोजक रहेकी दाहाल नेपालन्यूज डटकम, राजधानी दैनिक, थाहासन्देश दैनिक लगायत संचारमाध्यममा आबद्ध छिन् । कार्यक्रममा उत्कृष्ट विद्यार्थी एवं उत्कृष्ट शिक्षकर कर्मचारीलाई पनि सम्मान गरिएको विद्यालयले दिएको छ ।