राजधानीको बेग्लै व्यथा बल्खु पुलमुनि पानी भर्नेको भीड

गुगलपाटी संवाददाता
१८ माघ २०७६ ११:१८

हेटौंडाः बल्खु पुलमुनि ३ वटा धारा छन् । ती धाराबाट साताको एक पटक मात्रै पानी आउँछ । केही घन्टाका लागि मात्रै पानी आउँछ । पानी लिनका लागि स्थानीयहरुको खचाखच भीड हुन्छ । हप्तादिनलाई पुग्‍ने पानी उनीहरु एकैपटक लैजान्छन् । ड्रम, बोतल,जारमा पानी भरेर राख्‍छन् । ठेला, स्कुटर र ट्याक्टरमा एकैपटक उनीहरु जारमा पानी हालेर लैजान्छन् । खानेपानी आयोजनाले ती धारा निःशुल्क रुपमा उपलब्ध गराएको हो । निःशुल्क रुपमा वितरण गरिने पानीले स्थानीयलाई ठूलो राहत पुर्‍याएको छ । धारा आसापासमा विपन्‍न तथा दैनिक ज्यालादारीमा काम गर्ने मानिसहरुको बाक्लो उपस्थिती छ । यो साता धाराबार आइतबार पानी आएको थियो भने अर्को साता शनिबार पानी आउने स्थानीयले बताए ।
स्रोतः कान्तिपुर