दूध बिनाको जीवन संभव छैन : मंत्री ढुंगेल
गुगलपाटी संवाददाता मकवानपुर,३० बैशाखप्रदेश नम्बर ३का अर्थमंत्री कैलाश ढुंगेलले दूधबिना मानिस मात्रै नभइ प्राणीहरुको जीवननै संभव नभएको कुरामा जोड दिनुभएको छ ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ मा आइतबारबाट संचालनमा आएको द पिज्जा कटरको उद्घाटन गर्दै मंत्री ढुंगेलले दूध र दू्रधबाट बनेका परिकारबाट मानिसलाई निकै फाइदा पुग्ने बताए । उनले भगवान श्रीकृष्णले पनि दूध र दूधबाट बनेका परिवार सेवन गरेका कारण नै महाभारत लेख्न सकेको उल्लेख गर्दै मासुका बस्तुको सेवनबाट धेरैकुरा सिक्न संभव नभएको बताए ।
कार्यक्रममा पिजाका संचालक संकल्पराज पांण्डेलेले काठमार्डौं उपत्यका बाहिर पहिलो पटक आफूले पिज्जा काटर शुरु गरेको बताए । आफ्नो यो दशौं शाखा भएको उनले बताए । उनले हेटौंडा सहित मुलुकका मुख्य शहरहरुमा फौलाउने आफ्नो उद्देश्य रहेको पनि जानकारी दिउका छन् । कार्यक्रमको सहजिकरण भने पत्रकार कृष्णउदास खनालले गरेका थिए ।