कपडा व्यवसायी सघंमा अधिकारी
गुगलपाटी संवाददाताहेटौंडाः कपडा तथा तयारी पोसाक व्यवसायी संघ मकवानपुरको अध्यक्षमा तेजराज अधिकारी विजय भएको । शनिबार आयोजित छैठौ वार्षिक साधारण सभा तथा अधिवेशनमा प्रतिसप्रधी रबिन्द्र घिमिरेलाइ पराजित गर्दै अधिकारी अध्यक्ष पदमा बिजय भएका हुन।
अध्यक्ष पदममा प्रतिसप्रधा गरेका घिमिरेले ५०मत र अधिकारिले १ सय १० मत प्राप्त गरेका थिए।
तेसै गरि उपाध्यक्षमा नेत्रप्रसाद खतिवडा महा सचिवममा जावेद हुसेन कोषध्यक्षमा नरबहादुर बस्नेत” जङ्ग ” सचिवमा दिपेन्द्र बानिया निर्विरोध चयन भएका छ्न।
सद्स्यमा पवन दुलाल १ सय २५, सन्तिष घिमिरे १ सय २१ , यदुकुमात ओलि १ सय १८ , शर्मिला ढकाल १ सय १५ , मदुसुधन अर्याल १ सय १५ र दिपक तिवारीले १ सय ३ मत प्राप्त गरेका हुन। ९ प्रतिसप्रधिहरुमा सन्तोष दास बानिया , बिना चालिसे , मोहमदिन मियाले ८६ , ७५ र ७१ मत प्राप्त गरेका थिए। कपडा तथा तयारी पोसाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष समिर लाल डंगोलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।