रोट्रया्क्टद्धारा ७० विद्यार्थीलाई सहयोग

गुगलपाटी संवाददाता
१९ माघ २०७६ १३:४२

रोट्र्याक्ट क्लब अफ मकवानपुरले ७० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरन गरेको छ । क्लबले आईतवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ बारुते स्थित कृष्ण प्राथमिक बिधालयमा अध्ययनरत ७० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । क्लबका अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी ६ नम्बर वडा अध्यक्ष चौलागाईंले आर्थिक रुपमा कमजोर, दलित जनजातिका मात्रै छोराछोरी पढ्ने भएकाले यस बिध्यालयलाई टिकाईराख्न पर्ने बताउनुभयो । बिधालयको शैक्षिक गुणस्तरमा वृद्धि भए यहाका अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक बिध्यालयमा पढाउन ल्याउने भन्दै बिधालयलयको शैक्षिक कार्यमा सुधार ल्याउन बिधालय प्रशासनलाई आग्रह गर्नुभयो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद ढुंगानाले बिधालयमा विद्यार्थी र अभिभावककलाई आकर्सित गर्न सबै कक्षालाई अङ्ग्रेजी मिडियममा लगेको बताउनुभयो । गरिव, दलित तथा जनजातिका मात्रै बिध्यार्थी अध्ययन गर्ने भएकाले उनिहरुलाई टिकाईराख्न उपमहानगरको सहयोगमा दिवा खाजाको ब्यवस्था मिलाइएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानू लामाले शैक्षिक विकास गर्दै विद्यार्थीलाई बिधालयमा आकर्षित गराउने तर्फ ध्यान दिन आग्रह गर्नुभयो । साथै आगामी दिनमा बिध्यालयलाई आवस्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । यश बर्ष ८१ जना विद्यार्थी भर्ना भएपनी ७० जना विद्यार्थीमात्रै नियमित आउने गरेको बिधालयकि प्रध्यानाध्यापक मन्दिरा घिमिरेले बताउनुभयो ।

कार्यक्रमम्मा क्लबका अध्यक्ष पुष्पराज अधिकारीले शैक्षिक सामाग्री वितरणको लागि आर्थिक रुपमा सहयोग गर्नुहुने सानू लामा, हेम अधिकारी, प्रतिमा श्रेष्ठ, सुशिला पौडेल र सानिमा इन्स्योरेन्सलाई धन्यवाद दिनुभयो । साथै क्लबले सामाजिक कामहरुलाई निरन्तरता दिदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।