उपचारमा सहयोग पाए बाँच्ने थिएँ
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडाः विगत लामो समय देखि मृगौला पीडित हेटाडौंका ११ का सुर्यबहादुर परियारले उपचारको लागि सहयोगको याचना गरेका छन् । लामो समय देखि मृगौलामा भएको खराबीका कारण दैनिक ज्याला मददुरी गरेर जीवन निर्वाह गर्नुपर्ने उनले उपचारको लागि पर्याप्त रकम जुटाउन सकेका छैनन् ।
आर्थिक अभावका कारण उनले उपचारमा समस्या भएको गुनासो गरेका छन् । वीर अस्पताल लगायत अन्य अस्पतालले उनलाई छिट्टै रकम जुटाएर उपचार गर्न भनेको छ । तर परियार सगं आम्दानीको स्रोत नभएकोले अस्पतालमा पैसा बुझाउन सकेका छैनन् । कतैबाट सहयोग नआएको सुर्यबहादुर परियारले दुखेसो पाखेका छन् । परियारको श्रीमती सुनमाया, एक छोरा र दुई छोरी रहेको छ । उनले आफनो दैनिकी गुजारा कठिन साथ बिताइरहेका बताए । डाक्टरको सल्लाह अनुसार परियारले निरन्तर औषधि खाइरहनुपर्ने भनेको छ । आर्थिक अवस्था कमजोर भएकोले औषधी उपचार गर्न नसकेको उनले बताए ।
विभिन्न संघ संस्था एवम् व्यक्तिहरुसंग सहयोगको याचना गरेको थियो तर कहिबाट पनि सहयोग नआएको उनले बताए । । ‘मलाई मेरो परिवारको असाध्यै माया लाग्छ म आफै पनि अलिक वर्ष बाचेर परिवारको खुसी देख्न चाहान्छु । तर, कतैबाट पनि सहयोग नआएकोले म त बाच्न चाहेर पनि छिटै मर्दैछु हजुर’, आखाबाट आसु झार्दै उनले दुखेसो पोखे, ‘मनकारीहरुले सहययोग गरे म पनि बाँच्ने थिएँ ।