भुजेल हत्या काण्ड : हत्यामा संग्लन सार्वजनिक
गुगलपाटी संवाददाताहेटौंडाः हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा सम्लग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । हत्यामा सग्ंलन भएको भन्दै प्रहरीले हेटौंडा–११ बस्ने वर्ष २० एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने वर्ष २४ को आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ बुद्ध लामा, हेटौंडा–९ बस्ने वर्ष १८ को सिमोन परियार र हेटौंडा–४ बस्ने वर्ष २५ को शुसिल थापा मगर रहेका छन् ।
प्रहरीका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसंग हेटौंडा– ११ थानाभर्याङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गरि विवाद भएपछि उनीहरूसहित ४ जनाले हत्या गरेका थिए । हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेका थिए । अजिताको हराएको मोबाइल परियारले बुद्ध लामाले साथी आशिषलाई दिएका थीए । आशिषले आफ्नी श्रीमती एलिसालाई दिएका थिए । सोही मोवाईल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो । घटनामा संलग्न २ जना फरार रहेका छन् । महानगरीय प्रहरी महाशाखा टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।