पढनका लागि ४ घण्टा हिडेर

गुगलपाटी संवाददाता
२१ माघ २०७६ ११:३५

निशा गुरुङ्
हेटौडाः  हेटौडामा पढनका लागि विद्यार्थीहरु ४ घन्टा हिडेर हेटांैडामा आउने जाने गरेका छन् । भीमफेदी गाउँपालिकाको सामरीवाट हेटौडा उपमहानगरपालिका—२ स्थित सिदार्थ माध्यमिक विद्यालयमा दैनिक २ घण्टा हिडेर पढन आउने र २ घण्टा पढेर जाने गरेका छन । पढनका लागि उनीहरु दैनिक चार घण्टा हिड्छन । सामरीवाट १५ जना विद्यार्थीहरु स्कुलमा पढ्न आउने गरेका छन । विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले बताए । जंगलको वाटो हुदै उनीहरु पढन आउने गर्छन ।
छोटो दिन स्कुलबाट घर फर्कदा डर पनि लाग्ने गरेको ९ मा अध्ययनरत विनिसा खत्रीले बताईन । सिद्धार्थ स्कुलमा पढने सामरीका विद्यार्थीहरु बिहान ८ बजे भात खाएर स्कुल आउने गरेका छन् । ८ बजे घरबाट हिँडने भने १० वजे स्कुल आर्ईपुगिदैन उनले भनिन् । सामरीको जंगलको बाटोमा गत महिना मानिस मरेको फेला परेको झन डरलाग्छ उनीहरुले भने । हिड्न नसक्ने सा–साना विद्यार्थीलाई अभिभावकले मयुरमा पठाउने गरेका छन । । कक्षा १ मा अध्यनरत मनोज ब्लोन, सिलसिला घले ,सौगात श्रेष्ठलाई अभिभाबकले मयुरी हालेर पठाउने गरेको बताए ।
कक्षा ६ मा अध्ययन गर्ने दिनेश गोलेले आफनो गाँउमा विद्यालय नभएको कारणले गर्दा यति टाढा सम्म हिँडेर आउने गरेको बताए । उनले आफनै गाँउमा विद्यालय भए यति टाढा सम्म हिँडेर आउन नपर्ने र आफुलाई सजिलो हुने बताएका छन्् । यसैगरी सामारीका कृतिमा दाहालले चौकीटोल स्कुलमा थियो । अहिले सिद्धार्थ स्कुलमा गाभेकोले समस्या भएको बताईन । सिदार्थ माध्यमिक विद्यालयका प्राधानाध्यापक मोहनप्रसाद शर्माले बजारको पढाई राम्रो हुन्छ भन्ने सोचले गर्दा अभिभावकले आफना सन्तानलाई यति टाढा सम्म पढ्नको लागि पठाउने गरेको बताए । उनले सामारीबाट मात्रै नभएर मनकामनाको डाँडादेखि विद्यार्थीहरु हिँडेर आइरहेको बताएका छन् । सिद्धार्थ स्कुलको पढाई पहिला दैखिनै राम्रो छ ।
स्रोतः हेटौंडा सन्देश