खेलकुद विकास समितिका ६५ पदाधिकारीको एक साथ सपथ

गुगलपाटी संवाददाता
२१ माघ २०७६ १२:१०

हेटौंडा :  बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बागमती प्रदेश अन्र्तगत रहेका सबै जिल्लाका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् ।
माघ ७ गते बागमती प्रदेश खेलकुद परिषदले प्रत्येक जिल्लामा ५ जना पदाधिकारी गरि १३ जिल्लामा ६५ जनालाई नियुक्त गरेको थियो । मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा १३ वटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीले सपथ लिएका हुन् । परिषद्ले जिल्ला खेलकुद विकास समितिको अध्यक्ष र ४ जना सदस्यहरुको टुंगो लगाएको थियो ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रीले योजनाबद्ध रुपमा खेल क्षेत्रलाई अगाडी बढाउनु पर्ने बताए । उनले जिम्मेवारी प्राप्त गर्ने पदाधिकारीलाई चुनौती पनि संग संगै रहेको बताए । नेपालमा योजना अनुसार खेलकुदमा लगानी पर्याप्त नभएको भन्दै भएको लगानी सुरक्षित गर्न खेल क्षेत्रमा प्रगती हुनुपर्ने धारण व्यक्त गरेका थिए ।