बागमती प्रदेशको राजधानीमा लैङ्गिक हिंसा बढ्दै
कुमारी स्याङ्बो
हेटौंडा/बागमती प्रदेशको राजधानी रहेको मकवानपुरमा लैङ्गिक हिंसाका घटना बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पुस महिनासम्म ४० जना महिला पुरुष यौन हिंसाबाट पीडित भएको हेटौंडा अस्पतालको एकद्वार संकट केन्द्र (सिएमसी) को तथ्याङक छ ।
केन्द्रका अनुसार श्रावण महिनामा ११ वटा, भाद्र महिनामा ११ वटा, असोजमा ४ वटा, कात्र्तिकमा ५ वटा, मंसिरमा ६ वटा र पौषमा ३ वटा गरि ४० यौन हिंसाका घटना भएको छ । चालु आर्थिक वर्षको असोजमा ३ वटा यौनजन्य हिंसा भएको, कात्र्तिक महिनामा १ वटा, मंसिर महिनामा ३ वटा र पौष महिनामा ४ वटा गरि जम्मा ११ वटा यौनजन्य हिंसा भएको केन्द्रकी प्रमुख अमृता श्रेष्ठले बताइन् ।
त्यस्तै गत श्रावण महिनामा २६ वटा, भाद्र महिनामा ९वटा, असोजमा १० वटा, कात्र्तिक महिनामा १९ वटा, मंसिर महिनामा १३ वटा र पौष महिनामा ६ वटा गरि ८३ वटा कुटपिटको घटना भएको उनले जानकारी दिइन् । घरेलु हिसां सम्बन्धि श्रावण महिनामा ४, भाद्र महिनामा ४ वटा , असोज महिनामा ६ वटा , कात्र्तिक महिनामा ५ वटा, मंसिर महिनामा ७ वटा र पौषमा ४ वटा गरि ३० वटा घरेलु हिंसाको घटनाका पीडत केन्द्रको सम्पर्कमा आएको श्रेष्ठले बताइन् ।
मकवानपुरको ८ गाउँपालिका र थाहा नगरपालिकामा चालु आर्थिक वर्षको श्रावण महिनामा २९ वटा, भाद्र महिना ३१ वटा, असोज महिनामा १ वटा, कात्र्तिक महिनामा १४ वटा, मंसिर महिनामा १७ वटा र पौषमा १७ गरि जम्मा १ सय २६ वटा हिंसा सम्बन्धी घटना भएको केन्द्रको तथ्याङ्क छ । त्यस्तै हेटौंडा उपमहानगरपालिका भित्र हिसां सम्बन्धि घटना श्रावण महिनामा २८ वटा, भाद्र महिनामा १७ वटा, असोज महिनामा १६ वटा, कात्र्तिक महिनामा २५ वटा, मंसिर महिनामा १७ वटा र पौष महिनामा ७ वटा गरि १ सय १० वटा घटना भएको केन्द्रकी प्रमुख श्रेष्ठले बताइन् ।
मकवानपुरमा महिला हिसां सम्बन्धि घटना श्रावण महिनामा ५२ वटा, भाद्र, महिनामा ४४ वटा, असोज महिनामा ३२ वटा, कात्र्तिक महिनामा ३६ वटा, मंसिर महिनामा ३५ वटा र पौषमा २३ वटा गरि २ सय २२ वटा घटना भएका छन् । केन्द्रको तथ्याङ्क अनुसार यस अवधिमा पुरुष हिंसा श्रावण महिनामा ५, भाद्र महिनामा ५, असोज महिनामा २, कात्र्तिक महिनामा ३, पौष महिनामा १ जना गरि १६ वटा घटना भएको केन्द्रले जनाएको छ ।