विदेशी नागरिकता लिएका कर्मचारीले सूचना बेचे, खोई कारवाही

गुगलपाटी संवाददाता
२२ माघ २०७६ ११:२५

हेटौंडाः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद रामनारायण बिडारीले नेपालको एक मात्रै गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको काममाथि प्रश्‍न उठाएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले सरकारको प्रमुख सूचनादाता राष्ट्रिय अनुसन्धान विभाग प्रभावकारी नभएको गुनासो गरेका हुन्। नेपाल भारतबीच भएको १९५० को सन्धि र सुगौली सन्धिको आधिकारिक दस्तावेजको अवस्थाबारे उनले प्रश्‍न उठाए । ु१९५० को सन्धि र सुगौली सन्धिका आधिकारिक दस्तावेज कहाँ छन्रुु, उनले प्रश्‍न गरे, ुपुरातात्विक महत्वका पुराना मूर्ति कहाँ छन्रु सरकारको गुप्तचरी निकायले आफ्नो भूमिका पूरा गरेको छैन, यो त आपत्तिजनक भयो।ु सांसद बिडारीले नेपालको सरकारी सेवामा रहेका कर्मचारीले विदेशी मुलुकका नागरिकता लिएर राष्ट्रिय गोपनीयता चुहाएको जिकिर गरे। ुविदेशको नागरिकता लिएका नेपालका सरकारी कर्मचारीले सूचना बेचिरहेका छन्ु, उनले भने, ुत्यस्ता कर्मचारीलाई सरकारले कारवाही गर्नुपर्छ।ु सांसद बिडारीले सरकारी सेवामा बसेकाले विदेशमा जागिर खान नपाउने कानूनी व्यवस्था गर्न पनि माग गरे। फरक प्रसङ्गमा उनले सहरी क्षेत्रका भूकम्पपीडितले घर(आवास निर्माण गर्न नपाएको गुनासो गरे। ुटेको लगाएका घर तथा आवास पुनः निर्माणमा सरकारले ध्यान दिन जरुरी छु, उनले भने। बिडारीले सरकारले भूकम्पपीडितलाई दिँदै आएको तीन लाख रुपैयाँ अनुदानले शहरी क्षेत्रमा कुनै पनि घर निर्माण हुन नसक्ने बताए। ुसरकारले यो समस्याको उचित निरुपण गर्नु जरूरी छु, बिडारीले अन्त्यमा भने।
स्रोतः थाहाखबर