४६ दिनपछि आन्दोलन स्थगित
गुगलपाटी संवाददाताहेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडा फरेष्ट्रिमा ४६ दिनदेखि लगाएको ताला आज खोलेको छ । आन्दोलनरत् विद्यार्थी र क्याम्पसबीच सहमती जुटेपछि ४७ दिनदेखि विद्यार्थीले लगाएको ताला शुक्रबार खुलेको हो ।
विश्वविद्यालयले लिएको भर्ना प्रक्रियाको विरोध गर्दै फरेष्ट्रि क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएको हो । विश्व विद्यालयले निर्धारण गरेको मेरिट कोटा अनुसार नभएर आफूखुसी पदको दुरुपयोग गर्दै जथाभावीरुपमा छात्रबृत्ति छनौट गरिएको भनि विद्यार्थीहरुले पुस ७ गतेदेखि तालाबन्दी गरेको हो । करिब एक महिनाको अवधिमा पनि माग पूरा नभएको भनि फरेष्ट्रि क्याम्पसमा तालाबन्दी गरेको अनेरास्ववियुको अध्यक्ष अन्कित खतिवडाले बताए । विद्यार्थीहरुले विश्वविद्यालयसहित डीन कार्यालय, आर्थिक शाखा र प्रशासन शाखामासमेत तालाबन्दी गरेका थिए ।
प्रवेश परीक्षामा कम योग्यता भएका विद्यार्थीहरुलाई छात्रवृति छनोट गरेको भन्दै योग्यताक्रममा माथिल्लो स्थानमा रहेका विद्यार्थीलाई युडीएफ या निजी क्याम्पसमा भर्ना गर्न बाध्य बनाएकोले आन्दोलन गरेको हो । विश्वविद्यालयले निर्धारर्ण गरेको मेरिट कोटा पूर्णरुपमा मेरिटकै रुपमा कायम गर्न विद्यार्थीहरुले माग गरेको थियो । क्याम्पसअन्तगत् भर्ना कमिटीले पुनः नियमाअनुसार छात्रबृत्ति छनौट गरेपछि क्याम्पस र आन्दोलनरत् विद्यार्थीबीच सहमती भएको छ ।
विश्विद्यालय प्रवेश परीक्षामा मेरीट छनोट गर्दा निजी क्याम्पसलाई प्रोत्साहन दिन गतवर्षको नियमलाई परिवर्तन गराएपछि आफूहरु आन्दोलित भएको संयोजक खतिवडाले बताए ।
उनीहरुले गतवर्षकै नियमअनुसार छात्रवृति वितरण हुनुपर्नेमा पूर्वजानकारी बिनै प्रवेश परीक्षामा कम योग्यता भएका विद्यार्थीहरुलाई प्राप्ताङ नहेरी छात्रवृति छनौट गरेको भन्दै अनिश्चतकालिन तालाबन्दी गरेको खतिवडाले बताए ।