निष्पक्ष समाचार लेख्नुपर्छ ः मन्त्री ढुंगेल
गुगलपाटी संवाददाता हेटौंडाः आर्थिक मामिला तथा योजना मन्त्री रहेको मन्त्री ढुंगेलले महाभारतमा धृतराष्ट्रलाई कुनै क्षेत्रमा भएको युद्धको सञ्जयले जसरी रिर्पोटिङ गरेका थिए त्यसरी नै अहिलेका पत्रकारले समाचार लेख्नु पर्ने वताउनु भयो । सञ्चार रजिष्टारको कार्यालयले आयोजना गरेको सरेकारवाला संगको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री ढुंगेलले पत्रकारहरुले सञ्चार माध्यमबाट तथ्यगत र सत्य कुरा जनमानमा प्रवाह गनुपर्ने बताएका थिए । मन्त्री ढुंगेललाई पत्रकाररुले प्रदेश भरिका समस्याहरु सुनाएका थिए ।
प्रदेश सरकारको बारेमा नराम्रो मात्रै समाचार लेखेको र सरकारका राम्राकाम पत्रकारको नजरमा पर्न नसकेको भन्दै मन्त्री ढुंगेलले गुनासो गरे । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री ढुंगेलले सङ्लो मन लिएर समाचार लेख्न आग्रह गरेका हुन् । राजनैतिक आस्थाका आधारमा बाहेस भएर समाचार लेखे पनि जनताले सरकारको कामको मुल्याङ्कन गर्ने वताए । कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको आतिथ्यता रहेको थियो ।
बागमती प्रदेशको प्रेस रजिष्ट्रार रेवती सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्यहरु, प्रदेशका १३ वटै जिल्ला अध्यक्ष तथा प्रतिनिधि, बागमती प्रदेश पत्रकार महासंघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो