दैजी छेला औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा पर्छ स् मन्त्री भट्ट

गुगलपाटी संवाददाता
२४ माघ २०७६ १४:०१

हेटौंडाः उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी छेला औद्योगिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य अगाडि बढाइने बताए। शुक्रबार दैजी छेला औद्योगिक क्षेत्रको अवलोकन तथा निरीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले यस औद्योगिक क्षेत्रलाई पूरै बनाएर मात्र हस्तान्तरण गरिने बताए। ुघर मात्रै बनाउदैनौुं उनले भने, ुघर भित्र फर्निचर र अन्य सामानको जोहो गरी दिन्छौं। ढुक्क भए हुन्छ।ु उनले औद्योगिक क्षेत्र स्थापना भएमा यस क्षेत्रको आर्थिक मेरुदण्डका रुपमा रहने उल्लेख गर्दै सुख्खा बन्दरगाहलाई अन्तिम रुप दिनका लागि मन्त्रालय नै लिएर आएको बताए। उनले औद्योगिक क्षेत्र र सुख्खा बन्दरगाहलाई छिट्टै कार्यान्वयनमा लैजाने बताए। देशलाई औद्योगिकरणमा लैजानका लागि क्षेत्रको पहिचान भइरहेको पनि उनले बताए। प्रधानमन्त्रीको निर्देशन अनुसार पूर्वदेखि पश्चिमसम्मको क्षेत्रलाई औद्योगिककरण गर्ने लक्ष्य अनुरुप कार्यक्रमहरू सञ्चालन गरिएका छन्। उनले भने, ुकेही दिन अघि मात्रै नवलपुरको फलाम खानी क्षेत्रको अवलोकन गरेको छु। खानीको अध्ययनको कार्य अन्तिम चरणमा पुगेको छ। खानी सञ्चालन भए कूल फलाम आयातको एउटै खानीबाट ३३ प्रतिशत धान्छ।ु स्थानीय तहले जग्गा उपलव्ध गराए ७५३ स्थानमै ग्राम उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको पनि उनले बताए। ुसरकारले केही गरेको छैन भन्ने गुनासो सुनिन्छु मन्त्री भट्टले भने, ुजमिनमा काम भएको छ। हिजोको जस्तो सत्ता होइन। कार्यान्वयनमा जादाका कमी कमजोरी हटाएर अगाडि बढेका छौं। थुप्रै योजनाहरू अघि बढेका छन्।ु गेटा मेडिकल कलेजको कार्य अघि बढेको छ। ुसुदूरपश्चिम विश्वविद्यालयमा केही समस्या देखिएका छन्। समस्या समाधानका लागि बहस र छलफलको कार्य अगाडि बढेको छु उनले भने। प्रतिनिधि सभाका सांसद नरबहादुर धामीले साढे पाँच अर्बको लागतमा तयार हुने दैजी छेला औद्योगिक क्षेत्रको डिपिआर तयार भइसकेकाले सुदूरपश्चिम क्षेत्रकै मन्त्री पनि भएकाले द्रूत गतिमा कार्य अगाडि बढ्नेमा आशावादी भएको बताए। उनले प्रदेश सरकारले औद्योगिक क्षेत्रको निर्माणको कार्य गर्न नसक्ने भएकाले संघीय सरकालेनै यसको जिम्मा लिनु पर्ने बताए। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यमकुमारी खतिवडाले प्रत्येक प्रदेशमा सरकारको एक औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य रहेको बताइन्। औद्योगिक क्षेत्रको चरणबद्ध रुपमा पूर्वाधार निर्माणका कार्य गरिँदै लैजाने योजना रहेको उनले बताइन्। ‍आउदो बजेटमा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरी कार्य अगाडि बढने उनले बताइन्। उनले स्थानीय कच्चा पदार्थ श्रम र सीपमा आधारित उत्पादन र उत्पादकत्व बृद्धि गर्ने रोजगारी सिर्जना गर्ने खालका उद्योग दैजी छेला औद्योगिक क्षेत्रमा स्थापना गरिने धारणा अघि सारिन्। उनले जुन जुन मन्त्रालयमा औद्योगिक क्षेत्र स्थापना गर्नका लागि समन्वय गरी सरकार लागि परेको बताइन्। उनले साना मझौला उद्योगको आधुनिकीरण गरी वित्तीय पहुँच पुर्‍याइ कोष परिचालन गरेर सस्तो व्याजदरमा कर्जा उपलव्ध गराउनका लागि सरकारले उद्योग ग्राम कार्यक्रम अगाडि सारेको बताइन्। ुदेशभर ३२ वटा ग्राम उद्योग घोषणा भएका छन्ु उनले भनिन्,ु स्थानीय तहबाटै सञ्चालन हुने गरी उद्योग स्थापना गरिने छन्।त्यसका लागि स्थानीय तहले जग्गाको व्यवस्था गर्नु पर्‍यो।ु बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि सार्वजनिक सुनवाई प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरण प्रभाव मूल्यांकन ९इआइए०, विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण लगायतको कार्य अगाडि बढेको बताए। उनले नौसय विघा क्षेत्रफलमा स्थापाना हुने औद्योगिक क्षेत्रमा साना, ठूला र मझौला गरी ११७ उद्योग स्थापना हुने बताए। ुजसबाट ३० हजार बढीले रोजगारी पाउँछन्ु उनले भने, ुछिटो कार्य अगाडि बढाउन पहल गरी दिनु पर्‍यो। यस क्षेत्रमा कुनै किसिमको विवाद छैन। बुट्यान भएको क्षेत्र मात्र छ।ु उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सोही क्रममा धार्मिक पर्यटकीय क्षेत्र लिंगाको पनि अवलोकन गरेका छन्।
स्रोतः थाहाखबर