पशुपतिनगर उपशाखाको सभापतिमा लम्साल

गुगलपाटी संवाददाता
२४ माघ २०७६ १४:२१

हेटौंडा ९ को २० औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशन शुक्रबार सम्पन्त्र भएको छ । उपशाखाका सभापति लक्ष्मण भण्डारीको सभाध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।सभामा सचिव विश्वनाथ अर्यालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गोर्कण सुवेदीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
भेलालाई सम्बोधन गर्दे नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपानेले मानविय सेवामा सर्मपित रेडक्रसको काम,कर्तब्य र अधिकारलाई सरकारका निति नियमले सांघुरो वनाएको वताउदै,रेडक्रसले सञ्चालन गर्दे आएको एम्बुलेन्स सेवा सरकारको गलत नितिका कारण हाल स्थगन गर्न वाध्य भएको वताउनस भयो । मानिसको जीवन संग प्रत्यक्ष सरेकार राख्ने रगतको ब्यापार रेडक्रसले नगरेको वताउदै नि शुल्क संकलित रगत परिक्षण र भन्डारण शुल्कमात्र लिएर उपलब्ध गराउदै आएकामा हाल प्रदेश सरकार र हेटौडा अस्पतालका कारण रक्तसञ्चार सेवा पनि बन्द हुने अवस्था आएको वताउनु भयो ।
भेलाले आगामी कार्यकालका लागि जनक लम्साल सभापत्विमा ११सदस्यीय नया कार्यसमिति निर्विरोध चयन गरेको छ । उपशाखाको उप सभापतिमा रमिला सापकोटा, सचिव पुरुषेत्तम आचार्य, सह सचिव संचिता भट्टराई, कोषाध्यक्षमा गोकर्ण सुवेदी,सह कोषध्यक्ष विश्वनाथ अर्याल, सदस्यहरु दिपेन्द्र रोक्का,सजना मल्ल, माधव धिमिरे, डवल मर्हजन, भक्त बहादुर बुढाथोकी निर्विरोध चयन भएका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई आजै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपानेले सपथ ग्रहण गराउनु भएको थियो ।कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मकवानपुरको उपाध्यक्ष यशोधा श्रेष्ठ,मन्त्रि खेमराज सापकोटा,कोषाध्यक्ष पिताम्बर बास्तोला ,निर्वाचन अधिकृत कमल विष्ट लगायतको उपस्थिति रहेको थियो ।