खवरदारी अभियान गर्दै अखिल नेपाल युवक सघं
गुगलपाटी संवाददाताहेटोैंडाः राष्ट्रिय जनमोर्चा अखिल नेपाल युवक सघंले सञ्चालन गरेको नागरिता विधेयक खारेजीका लागि खबरदारी अभियान आज हेटौंडामा सम्पन्त्र भएको छ ।
देशका बिभिन्त्र भागमा सभासहित विभिन्न कार्यक्रम सम्पन्न गर्दै मार्च शुक्रबार हेटौंडा आएको हो । मोटरसाइकल मार्च हेटौंडाको राप्तिपुलबाट सुरु भएर बुद्धचोक, पशुपतिनगर, कमाने, फायरल्याण्ड, रगांशाला, चिसापानीचोक, चौघडा हुँदै नगर परिक्रमा गरि ११ बजे बुद्धचोकमा कोणसभा गरि बारा गएको अखिल सगंठनका महासचिव कृष्णराज पाण्डेले बताए ।
युवक सघंको उक्त कार्यक्रममा जनताको व्यापक समर्थन प्राप्त भएको भन्दै देशमा सरकारको राष्ट्रघाति नागरिकता नीति र भष्ट्राचार विरुद्ध जनतामा व्यापक असन्तोष रहेको अखिल नेपाल सघंको अध्यक्ष निरबहादर बताए । अखिल नेपाल युवक सघंले महेन्द्रनगर देखि झापासम्म मोटरसाइकल मार्चको कार्यक्रम सञ्चालन गरिरहेको छ । विभिन्न जनवर्गीय सगंठनले आन्दोलनलाई अगाडी बढाउन सगंठित र योजनावद्ध ढंगले पहल गरिरहेको उनले बताए ।