सबैभन्दा बढी चमेरो पाउने राक्सिराङ गाउँपालिका
गुगलपाटी संवाददाताहेटौंडा: मकवानपुरको सबैभन्दा बढी चमेरो पाइने राक्सिराङ गाउँपालिकामाचमेरोको मासु नखान स्थानीय सरकारले आग्रह गरेको छ ।
चमेरोको मासुबाट चीनमा कोरोना भाइरस सरेको पाइएपछि चमेरोको मासु खानबाट स्थानीयबासीलाई रोक्ने प्रयत्नगरिएको गाउँपालिकाअध्यक्ष राजकुमार मल्लले बताउनुभयो । राक्सिराङ गाउँपालिका वडा नं ६, ७ र ८ मा सबैभन्दा बढी चमेरो पाइन्छ । चिउरीको फूलमा रमाउने चमेराको शिकार गरी स्थानीयबासिन्दाले मासु खाने गरेका छन् ।
‘चेपाङ समुदायकामानिसहरुले परापूर्वकालदेखि नै चमेराको मासु खाने गरेका छन्’, राक्सिराङ गाउँपालिका ८ नं वडाध्यक्ष रामकृष्ण प्रजाले भन्नुभयो–‘चीनमा कोरोना भाइरस चमेरोको मासुबाट फैलिएको थाहा पाएपछि हामीले कार्यपालिकाको बैठक बसेर चमेरोको शिकार नगर्नका लागि स्थानीयबासिन्दालाई अनुरोध गरेका छौँ ।’ गाउँपालिकाले विद्यालयतहमै पुगेर चमेराकामासु खाननहुने सन्देश दिनेगरी कार्यक्रम तय भएको गाउँपालिकाअध्यक्षमल्लले बताउनुभयो । चिउरी, चमेरा र चेपाङबीच सम्बन्धभएकाले चेपाङ समुदायमालक्षित गरी चमेराको शिकार न्यूनिकरणका लागिकार्यक्रम सञ्चालनगर्न लागिएको उहाँले बताउनुभयो ।
राक्सिराङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सिंगलाल चेपाङकाअनुसार वडा नं ६, ७ र ८ मा गरी विभिन्नगुफाहरुमा ५० हजारभन्दा बढी चमेराहरु रहेका छन् । तीचमेराहरु स्थानीयबासिन्दाले शिकार गर्दैनन् । तर, चिउरीमाआउने रातो रंगको चमेरालाईभने जालमापारेर शिकार गर्ने गरिएको छ । असारदेखि देखा पर्ने रातो रंगको चमेरो मध्यरातमाआउने गरेको छ ।
अहिलेसम्म रातो रंगको चमेरको बासस्थानपत्तानलागेको वडाध्यक्ष चेपाङले बताउनुभयो । ‘परापूर्वकालदेखि नै रातो चमेरोको शिकार हुँदै आएको छ’, वडाध्यक्ष सिंगलालले भन्नुभयो–‘त्यस्ताचमेराको रक्त परिक्षण गर्दा पनिखान योग्य नै देखिएको छ ।’ तर, चीनमा कोरोना भाइरस चमेराबाट सरेको समाचार आएपछि सबै प्रकारको चमेरोबाट स्थानीयबासिन्दालाई टाढै रहनकालागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।