तेस्रो बागमती गोल्डकपको तयारी पुरा
गुगलपाटी संवाददाताहेटौंडा÷ मकवानपुरको बागमती गाउँपालिकामा यही फागुन ३ गतेदेखि हुने तेस्रो बागमती गोल्डकप–२०७६ को तयारी पूरा भएको आयोजकले बताएको छ ।
फागुन १२ गतेसम्म हुने गोेल्डकपमा ए डिभिजनका ५ र मोफसलका ५ क्लबले प्रतिस्पर्धा गर्ने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा ए डिभिजनका हिमालयन शेर्पा, च्यासल युथ क्लब, साविक विजेता सरस्वती युवा क्लब, जावलाखेल युथ क्लब र संकटा युथ क्लबले सहभागिता जनाउने समितिका अध्यक्ष अरुण बलले बताए । उनका अनुसार न्यू डाँफे युवा क्लब मकवानपुर, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, आयोजक टिम र बीरगञ्ज यूनाइटेडले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
गोल्डकपको विजेताले ६ लाख नगद र उपविजेताले ३ लाख रुपैयाँ नगद सहित शिल्ड र मेडल प्रप्त गर्ने समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक बलले बताए । साथै सर्वाेत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ पाउनेछन् ।
खेल हेर्नको लागि कंक्रिट प्याराफिट निर्माण गरिएको समितिका अध्यक्ष बलले बताए । उनका अनुसार प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न पाउनेछन् । ३० लाख रुपैयाँ बागमती गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता गरेकोमा प्रतियोगिता सम्पन्न गर्न ६७ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान ,