राक्सिराङ्मा गरिवको पहिचान हुदै
गुगलपाटी संवाददाता
कुमारी स्याङ्बो
हेटौंडाः गरिबी निवारणको लागि परिचय पत्र बाँड्दै गरेको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा संचालित गरिब निवारण पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका राक्सिराङ् गाँउपालिकाको ९ वटा वडाहरुमा सुरु भएको छ । सरकारले खटाएका गणकहरु माघ २६ गतेबाट कार्यक्षेत्रमा खटिएको गाँउपालिकाको उपाध्यक्ष निर्मला हिम्डुङले बताए । मन्त्रालयले गाँउपालिकामा ६ जना कर्मचारी खटाएर गाँउपालिकाको सबैवडामा रहेका घरधुरिको तथ्याङ्क सकंलन शनिबारबाट सुरु गरेको हिम्डुङले बताए ।गाँउपालिकाबाट प्रदानगर्दे आएको सेवा सुविधाबाट वञ्चित गरिब विपन्न वर्गका समुदायहरुलाई दिईने सेवा सुविधामा एकरुपता दिनको लागि यस कार्यक्रमको थालानी गरेको उनले जानकारी दिए ।
राक्सिराङ गाँउपालिकाका अधिकांश मानिसहरु गरिब र विपन्न रहेका छन् । विशेष गरि लोपोन्मुख चेपाङ परिवारको बसोबास रहेको सो क्षेत्रमा वर्षभरि खान पुग्दैन । उनिहरु दैनिक जीवन यापनका लागि अरुको घरमा ज्याला मजदुरी गरेर जिवन गुजारा गर्ने गरेका छन् । गरिब परिवारलाई परिचयपत्र वितरण गरेर ती परिवारहरुलाई सरकारले सहयोग गर्ने उद्देश्यले यस कार्यक्रम सुरु गरेको र परिचय पत्र वितरण पश्चात गरिव तथा विपन्न परिवारहरुलाई सरकारी सेवा सुविधा दिन सहज हुने गाँउपालिकाको अध्यक्ष राजकुमार मल्लले बताए । गाँउपालिकाका सबै जातको तथ्याङक संकलन गरि स्वास्थ्य सुविधा,खाध्यान्न तथा नगद सहित विभिन्न खालको सेवा सुविधा प्रदान गर्ने मल्लले बताए ।