आफ्नै पहिचान सुनिश्चित गरिदिएपछि रानाथारू समुदाय सरकारसँग खुशी
गुगलपाटी संवाददाताहेटौंडाः कैलाली र कञ्चनपुरमा बसोवास गर्ने रानाथारू समुदायले बर्षौंदेखि माग गर्दै आएको अलग्गै आदिवासी जनजातीको पहिचान प्राप्त गरेसँगै अब अधिकारका लागि आशावादी देखिएका छन्। रानाथारू समुदाय हालै आदिवासी जनजातीकै अलग्गै सूचीमा सूचीकृत भएको छ। यसँगै समुदायका अगुवाहरु यतिखेर अधिकारबारे समुदायलाई सचेत गर्न व्यस्त देखिएका छन्। रानाथारू बसोवास गर्ने गाँउ(गाँउमा अलग्गै सूचीमा सूचीकृत भएपछि पाइने अधिकारबारे समुदायलाई सचेत गर्ने अभियान नै चलिरहेको छ। ुसंविधान सभामा रानाथारूका मुद्दा उठाउँदा अर्कै तरिकाले हेरिन्थ्यो, कुरा उठाउँदा सदनमा राना थारूबारे नबुझ्नेहरु हाँस्थे, रानाथारूबारे बुझाउनै बीस बर्ष लाग्यो,ु रानाथारू अगुवा कृपाराम रानाले भने, ‘बीस बर्षदेखि उठान गरिँदै आएको पहिचानको मुद्दा यथार्थमा परिणत भएपछि अधिकार स्थापित भएको छ।’ यसअघि कसैले पनि रानाथारू पहिचानको मुद्दालाई स्वीकार नगरेपछि संघर्ष गर्दै आएकोमा वर्तमान सरकारले यो समूदायको भावनालाई सम्मान गर्दै अलग्गै सूचीमा सूचीकृत गराइदिँदा आफूहरुलाई खुशी लागेको रानाले बताए।
रानाथारूहरु डा। ओम गुरुङ संयोजकत्वमा वि।सं। २०६५ सालमा गठित आदिवासी जनजाती सूची परिमार्जन उच्चस्तरीय कार्यदलको प्रतिवेदनका आधारमा सुचिकृत भएका हुन्। छुट्टै सूचीमा सूचीकृत भएसँगै आफ्नो समुदायको भाषा, संस्कृति, चाडपर्व, पहिरन, गहना लगागत संरक्षण हुनेमा रानाथारूहरू विश्वस्त देखिएका छन्। अलग्गै पहिचानको मुद्दा सम्बोधन गरेसँगै सरकारले अब आफ्नो समुदायलाई अधिकार समेत दिने विश्वास रहेको रानाथारू अगुवाहरु बताउँछन्। अगुवा राना भन्छन्, ‘यो बर्ष हाम्रा लागि पहिचानको बर्ष भएको छ, सिङ्गो रानाथारू समुदाय खुशी छ, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने साढे तीन लाख राना थारू समुदायले धेरै लामो संघर्षपछि अधिकार पाएका छन्।ु पहिचान सुचिश्चिततासँगै सरकारले रानाथारू समुदायका लागि मुल ढोका खुला गरेको उनले बताए। आदिवासी जनजातीको सुचिमा राना थारू समुदायलाई अलग्गै सुचिकृत गरी अन्य आदिवासी जनजाती जस्तै संविधानले प्रदान गरेको अधिकार पाउनेसम्मको बाटो खुला भएको छ। ुअलग्गै भाषा, पहिरन र चाडपर्व मनाउने जातिलाई एउटै सूचीमा राख्दा विगतमा अधिकार पाउन सकेका थिएनौं,ु शिक्षक राजकुमार रानाले भने, ‘अलग्गै पहिचान प्राप्त भएपछि राज्यको अब राज्यका प्रत्येक अङ्गमा प्रतिनिधित्व सुनिश्चित हुने भएको छ।’ राजनीतिक रुपमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व बढ्ने र लोकसेवा आयोगमा समेत कोटा निर्धारण हुनेमा यस समुदायका युवाहरू आशावादी देखिएका छन्। अब आउँदो जनगणनामा समेत राना थारू समुदायको छुट्टै भाषा र जनसंख्या गणना हुनेछ। यसअघि उनीहरुलाई थारूअन्तर्गत राखिएको थियो। थारूको क्लस्टरमा राख्दा थानाथारूहरुले अलग पहिचान पाएका थिएनन्। अर्का थारू अगुवा रामभरोसा रानाले राना थारू जातीलाई आदिवासीमा सूचीकृत गर्न र स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारमा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक अग्राधिकार र आरक्षणसहित आत्मनिर्णयको अधिकार माग गरिएको बताए। सरकारको निर्णयप्रति सिंगो रानाथारू समुदाय आभारी रहेको रानाले बताए। संस्कार नै फरक रानाथारू समुदायका महिलाहरुले अन्य समुदाय भन्दा भिन्न र विशिष्ट प्रकारको पहिरन लगाउने गर्दछन्। थारू महिलाहरूले टाउकोदेखि खुट्टाको पाइतालासम्म घुघँट, चापी, वीर, नक्बेसर, नथुनी, कठुला, सकरगरेला, हसुला, हार कैंधनी, लगौरा, औंठी, पहुँची, ढुन्नी, पैंडा, पायल र बिछिया लयायतका गहना लगाउने गर्छन्। यसैगरी पाखुरामा लगौरा, नाडीमा पहुँची, औंलामा कलात्मक औंठी, कम्मरमा सिक्रीवाला कैंधनी, पाइतालामाथि ढुन्नी, ढुन्नीको तल पैंडा र पायल तथा गर्दनमा कण्ठ, गरिया र घिच्ची लगाउने गर्छन्। यी गहनाहरू अन्य समुदायका मानिसहरूले लगाउनेभन्दा निकै फरक हुन्छन्। चराई, होली र तीज रानाथारू समुदायका मूख्य पर्व हुन्। यस समुदायले विभिन्न चाडपर्वमा आफ्नै किसिमका परिकारसमेत पकाउने गर्दछन्। गहुँ वा चामलको पीठोमा नुन, खुर्सानी, बेसार मिसाएर पिँडालुको पातमा बनाइने पतौला, उसिनेको आलुमा मसुरोका दाल राखेर नुन(खुर्सानी मिसाई चामलको पिठोमा घारो लगाई तवामा पकाईने कुथुवा रोटी, गहुँको पिठोमा चिनी राखी पीठोलाई टुक्रा(टुक्रा बनाई तेलमा तारेर तयार गरिने खजुरीया र मिसौला लगायतका खानेकुराहरू रानाथारू समुदायका मौलिक परिकार हुन्। कैलाली र कञ्चनपुरमा गरी १३४ गाँउमा थारू समुदायको बसोबास रहेको छ। जसमध्ये कञ्चनपुरमा मात्रै रानाथारू समुदायका ११० गाँउ रहेका छन। नेपाल सरकारको मन्त्रीपरिषदको बैठकले माघ २० गते रानाथारू समुदायलाई अलग्गै पहिचान दिने निर्णय गरेको थियो। फागुन ३ गते राना थारू समुदायले सरकारले गरेको घोषणाको स्वागत गर्न कैलालीमा भव्य कार्यक्रमको आयोजना गर्ने तयारी थालेको छ ।
स्रोतः थाहाखबर