प्रणय दिवसको अवसरमा मामाघरलाई सहयोग

गुगलपाटी संवाददाता
२ फाल्गुन २०७६ ०६:१३

हेटौंडाः हेटौंडा क्याम्पस बि एड दोस्रो बर्ष मेजर इङलिसका विद्यार्थीहरुले मामाघर नेपाललाई सहयोग गरेको छ । फेब्रुअरी १४ प्रणय दिवसको अवसरमा ुमाया बाँडे बढ्छु भन्ने मुल नाराका साथ विद्यार्थी अवि मैनालीको नेतृत्वमा सहयोग गरेको हो । मामा घरलाई ५ हजार बराबरको स्टेशनरी सामाग्री, खेलकुद सामाग्री र खाद्यन्न सहयोग गरेको मैनालीले जानकारी दिए । मैनालीका अनुसार मामाघरलाई यस अघि प्रणय दिवसकै अवसरमा आफुहरुले सहयोग गरेको र यो दोश्रो सहयोग हो । सम्भव भए सम्म फेरि पनि आफूहरुले मामा घरलाई सहयोग गरिरहने उनले प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा केक काटेर बालबालिकासँग प्रणय दिवस मनाएको थियो। त्यस्तै कार्यक्रममा मामाघरका बालबालिका, प्रतिनिधि र हेटौंडा क्याम्पस बि एड दोस्रो बर्ष मेजर इङलिसका सम्पुर्ण विद्यार्थीहरुको सहभागीता रहेको थियो ।