राक्सिराङबासीलाई कोरोना भाइरस सम्बन्धि सचेतना
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडा÷चेपाङ बाहुल्य रहेको मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकामा कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक अभियान जारी रहेको छ ।
चीनबाट फैलिएको कोरोना भाइरस गाउँपालिकाभित्र आउन नदिन गाउँपालिकाले सचेनता अपनाएको हो । ‘रहेक दिन स्वास्थ्य चौकीमा एक एक जना कर्मचारी खटाएर कोरोना भाइरसको लक्ष्यण, अपनाउनेपर्ने सावधानीबारे प्रचार प्रसार गरिरहेका छौं’, गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङले भनिन् । गाउँपालिकाभित्र यो संक्रमण नफैलियोस् भनेर सावधानी अपनाइएको उनले बताइन् ।
स्वास्थ्य चौकीको कर्मचारी शोभा मोक्तानले गाउँपालिकाका नागरिकलाई कोरोना भाइरस सम्बन्धि जानकारी दिने र सावधानीबारे बुझाउने काम भइरहेको बताइन् । दैनिक १ सय ५० जना बढि गाउँपालिकाबासीलाई कोरोना भाइरस सम्बन्धि जानकारी दिने गरिएको उनले बताइन् । एकसातादेखि यो अभियान जारी रहेको छ ।