रेडियो थाहासञ्चारको १३ औँ वार्षिकोत्सवः साईकल ¥यालि
गुगलपाटी संवाददाताहेटौंडाः रेडियो थाहासंचारको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइ रहेको छ। यसै क्रममा १२औँ वार्षीकोत्सवमाको साताव्यापि कार्यक्रम अन्तर्गत फागुन ३ गते नेपाल भ्रमण वर्ष सफल पारौै सालक संरक्षणमा भुमिका खेलौँ भन्ने नाराका साथ साइकल ¥यालिको आयोजना गरिएको छ।हेटौंडा ४ अजरअमर रोडमा रहेको रेडियो प्राङ्गणाबाट सुरु भएको ¥यालि बुद्ध चोक, कान्तिराजपथ,सानोपोखरा,पिप्ले,क्याम्पाडाँडा,न्युरेनि,चौघडा, चुच्चेखोला हुदै हेटौंडा १७ मा रहेको सालक पार्कमा पुगेर समापन भएको थियो। ¥यालिमा ४० जना राइडर्सहरूको सहभागीता रहेको थियो।
सहभागिहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलेलले प्रमाणपत्र प्रदान गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलालले रेडियो थाहासंचारले सालक संरक्षणमा देखाएको भुमिकाको प्रशंसा गरेका छन्।
कार्यक्रममा वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन प्रसाद दाहाल, रानि सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल लगायत संचारकर्मीहरु सहभागिता रहेको थियो।
वार्षिकोत्सवको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत फागुन १ गते पहिलो दिन ट्राफिक प्रहरी,सरोकारवाला निकाय सहित हेटौँडामा पार्किङ व्यवस्थापन विषयक अन्तरक्रिया गरिएको थियो भने फागुन २ गते हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त रक्तदान कार्यक्रममा १सय १०जनाले रक्तदान गरेका थिए।त्यसैगरी भोलि आइतबार पत्रकार र भेट्रान्स समुह बिच मैत्रिपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले बताएका छन्।