१ सय १० जनाले रक्तदान

गुगलपाटी संवाददाता
३ फाल्गुन २०७६ ०९:३४

हेटौंडाः विन्दावासिनी मिडिया प्रा.लिद्धारा संचालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जको १२ औँ वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा रेडियोले शुक्रबार बिहान ८ बजेदेखी अपरान्ह ४ बजेसम्म हेटौंडाको बुद्घचोकमा भएको रक्तदान कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका छन् । रेडियोको स्थापनादेखि हरेक वार्षिकोत्सवमा रेडियोले निरन्तरता दिँदै आइरहेको रक्तदान कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिईएको रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए ।

कार्यक्रममा रक्तदातालाई कार्यक्रमस्थलमा नै प्रमाणपत्रको व्यवस्था गरिएको थियो । रक्तसन्चार केन्द्र हेटौंडाको समन्वयमा आयोजित कार्यक्रममा हेटौंडा दुग्ध वितरण आयोजना, निर्माण व्यवसायी संघ मकवानपुर र इभरग्रीन फेन्सीले सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया