हेटौंडामा तरकारीको मुल्य घढ्दो
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडाः तरकारीको सिजन बढेकोले तरकारीको भाउ घटेका छन् । भारतबाट आउने प्याचको मुल्य पहिला २ सय थियो भने अहिले घटेर ९० रुपियाँ रहेको छ । भारतले नेपालमा प्याच निर्यात गर्न प्रतिवन्ध गरेसगैं महगों भएको प्याच भारतमा उत्पादन बढेर बिगतमा भन्दा सहजमा आएको व्यापारी रामकुमार शाहले बताए ।
चीनबाट लसुन आउन बन्द भएकाले लसुनको भाउ बढेको तरकारी तथा फलफुल व्यवसायी सघं मकवानपुरको अध्यक्ष खड्काबहादुर मुक्तानले बताए । हेटौंडा बसपार्कमा लसुनको मुल्य प्रतिकेजी ८ सय रुपिया, भिण्डी प्रतिकेजी १ सय ८० रुपियाँ, करेला प्रतिकेजी २ सय रुपियाँ, घिउसिमी प्रतिकेजी ८० रुपियाँ, टमाटर प्रतिकेजी ३० रुपियाँ, काउली प्रतिकेजी ३५ रुपियाँ, आलु प्रतिकेजी ३० रुपियाँ र धनियाँ प्रतिकेजी ६० रुपियाँ रहेको व्यापारी शाहले बताए । हेटौंडामा नामटारबाट साग आउने गरेको छ । सागको उत्पादन बढेकोले सागको मुल्य घटेको छ ।
व्यापारी शाहको दैनिक व्यापार १५ हजारदेखि २० हजारसम्म हुने बताए । पहिलाको तुलनामा अहिले व्यापार घटेको उनको भनाई छ । प्याच, आलु, टमाटर, काउली धेरै बिक्री हुने शाहले बताए । नेपाल कृषिप्रधान देश भएको तर किसानले उत्पादन गरेको तरकारी सरकारले बजारी व्यवस्थापन गर्ना नसक्दा तरकारी उत्पादक कृषक मर्कामा परेका छन् । धनियाँ, मुला, गाजर, रायोको साग बिक्री नभएको कारण फाल्नु परेको उनले बताए ।