हिमाली देविटार सहकारीको साधारणसभा सम्पन्न
गुगलपाटी संवाददाताहेटौंडा: राक्सिराङ गाउँपालिका वडा नम्बर ८ मा रहेको श्री हिमाली देविटार कृषि सहाकारि संस्था लिमिटेडको प्रारम्भिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
साधरणसभामा बोल्दै प्रमुख अतिथि ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण प्रजाले सहकारीबाट स्थानीयबासीको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने बताए । सहकारीमा बचत गर्ने बानी गरे समस्या परेको समयमा साहु सङ्ग ऋण थाप्नु नपर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस राक्सिराङ गाउँपालिकाका सभापति बिरेन्द्र जिम्बाले काङ्ग्रेस बिना अरु पार्टीले देश बवकास गर्न नसक्ने दाबी गरे । कार्यक्रम राजकुमार स्याङतानको सभाध्यक्षतामा भएको थियो ।