कोरोना प्रकोप संक्रमित र मृतकको संख्या घट्दै गएको चीनको दाबी

गुगलपाटी संवाददाता
५ फाल्गुन २०७६ १०:०९

हेटौंडाः चीनले कोरोना भाइरसको नयाँ संक्रमित संख्या घटेको बताएको छ । लगातार तीन दिन नयाँ संक्रमितको संख्यामा गिरावट आएको उसले जनाएको हो ।

रोग नियन्त्रणबारे सरकारले चालेका ठोस प्रयासले काम गर्न थालेको उनीहरूको दाबी छ । ‘कोरोना भाइरस संक्रमण फैलन नदिन चीनले चालेका कदमले बिस्तारै प्रभाव देखाउन थालेको छ,’ चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
आइतबार चीनमा १०५ जनाको मृत्यु भएको छ। स्वास्थ्य आयोगका अनुसार कारोनाका कारण शनिबार चीनमा १४२ जनाको मृत्यु भएको थियो भने थप दुई हजार नौमा संक्रमण पाइएको थियो । अघिल्लो दिन शुक्रबार १४३ जनाको मृत्यु भएको थियो र दुई हजार ६४१ नयाँ संक्रमित पुष्टि भएका थिए ।

हालसम्म कोरोना भाइरस संक्रमणबाट चीनभर ७१ हजार ३२६ संक्रमित भएका छन् भने मृतकको संख्या १ हजार ७७५ पुगेको छ । चीनमा मात्रै एक हजार ७ सय ७० जनाको मृत्यु भएको छ ।चीनबाहिर करिब ३० देशमा लगभग पाँच सय संक्रमित पाइएका छन् ।

कोरोना संक्रमितमध्ये १० हजार ६१० जना निको भइसकेका छन् ।

कहाँ कति संक्रमितरु

चीन(१,७७०मृत्यु,७०,५४८संक्रमित
हङकङ( १ मृत्यु, ५७ संक्रमित
जापान( १ मृत्यु, ४१२संक्रमित
फिलिपिन्स( १ मृत्यु, ३ संक्रमित
फ्रान्स( १ मृत्यु, १२ संक्रमित

संक्रमित मात्रै

मकाउ( १०

सिंगापुर( ७५
थाइल्यान्ड( ३४
दक्षिण कोरिया( २९
मलेसिया( २२
ताइवान( १८
भियतनाम( १६
जर्मनी( १६
अमेरिका( १५
अस्ट्रेलिया( १५
बेलायत( ९
यूएई(८
क्यानडा( ८
भारत( ३
इटाली( ३
रुस( २
स्पेन( २
बेल्जियम( १
नेपाल( १
श्रीलंका( १
स्वीडेन( १
कम्बोडिया( १
फिनल्यान्ड( १
इजिप्ट( १
स्रोतः कान्तिपुर