वक्तृत्वकलामा रिमाल प्रथम

गुगलपाटी संवाददाता
५ फाल्गुन २०७६ १२:४८

हेटौंडा : विन्दावासिनी मिडिया प्रा.लि. द्वारा संचालित रेडियो थाहा संचारको १२ औं वार्षिकोत्सवको अवसरमा सोमबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज ५ औं दिन सवारी दुर्घटना र उपचारको व्यवस्थापन विषयक वक्तृत्वकला प्रतियोगिता भएको हो । पुरानो नारायणी यातायात कम्पनी प्रा.लि. को प्रायोजनमा जिल्लाका माध्यमिक विद्यालयहरुबिच प्रतियोगिता भएको छ । सोमबार भएको कार्यक्रममा प्रमुख अतिथि पुरानो नारायणी यातायात प्रा.लिको अध्यक्ष हिरालाल श्रेष्ठले बोल्दै सरकारले व्यवसायिक रुपमा सवारी चालकको लाइसेन्स वितरण गर्ने हो भने यसरी सार्वजनिक रुपमा दुर्घटना नहुने बताए । सरकार आफै बनाएको निति नियमलाई कार्यन्वयन गर्न नसक्दा दुर्घटनालाई न्युनिकरण गर्न नसकिने बताए ।
प्रतियोगितामा चन्द्रोदय मा.वि. की स्नेहा रिमाल प्रथम भएकी छिन् । प्रथम हुनेले नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरेकी छिन् । त्यस्तै प्रतियोगितामा मकवानपुर बाल विद्या सदनकी दामिना गुरागाँई द्धितीय भएकी छिन् । गुरागाँईले नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ र बुद्ध मा.वि. हात्तिगौडाकी सुस्मिता भोम्जन तृतीय हुन सफल भएका छन् । तृतियलाई नगद २ हजार सहित प्रमाणपत्र प्रदान गरेको थियो ।