राक्सिराङ गाउँपालिकाको वडा नम्बर ७ मा भेला

गुगलपाटी संवाददाता
५ फाल्गुन २०७६ १५:५८

हेटौंडा: राक्सिराङ गाउँपालिकाको आयोजनामा ७ नम्बर वडाको भेला कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि माननीय सान्सद सन्त प्रजाले बोल्दै सरकारले दुइबर्षसम्म पनि केही काम गर्न नसकेको सरकारको कुनै औचित्य नभएको र काण्डै काण्डमा सरकार फसेको बताए ।
त्यस्तै कार्यक्रमको विशेष अतिथि गाउँपालिकाको उपाध्यक्ष निर्मला हिम्डुङ्ले बोल्दै काङ्ग्रेसको नेतृत्वमा स्थानीय सरकार आएपछि गाउँमा धेरै विकास भएको बताइन । २ वर्षको कार्यकालमा जनताको हित हुने कार्य गर्दै आएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस सभापति बिरेन्द्र जिम्बाले
गाउँमा सुख, समृद्धि र विकासको अति आवश्यक रहेको बताए । सुख समृद्धि भन्दा पनि महङगी, भ्रष्टाचार र करले गर्दा जनताले धेरै दुख जेल्दै आउनु परेको जिम्बाको भनाइ छ । आगामी दिनहरूमा गाउँपालिकामा रहेका जनताहरुले काङ्ग्रेसलाई भोट हालौ र गाउँको मुहार फेरौ भन्ने तर्कहरु उनले राखेका छन ।
कार्यक्रममा जनजाति संघको अध्यक्ष सिताराम ब्लोन, राक्सिराङ गाउँपालिका वडा नम्बर १ को सचिव ज्ञान बहादुर मोक्तान र वडा नम्बर ७ को सभापति रामबहादुर चेपाङ लगायतको उपस्थिति रहेको थियो ।