प्र.अका कारण बिद्यार्थी शिक्षा लिनबाट बंचित

आशिस ढुङ्गाना
६ फाल्गुन २०७६ ०७:१३

हेटौंडाः नेपालको अहिले वा २०७२ सालमा जारी भएको नयाँ संबिधानले नेपालका सबै सामुदायिक बिद्यालयहरुमा शिक्षा निःशुल्क गरेको छ । शिक्षाबाट कोही पनि नागरिकहरु बंचित हुन नपरोस् भनेर बिद्यालय तहमा शिक्षा निःशुल्क बनाइएको भएपनि बाराको एक बिद्यालयमा भने बिद्यार्थीहरु पैसा नभएकै कारण बिद्यालय जानबाट बंचित भएका छन् ।
जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर १५ डुमरवानामा रहेको नेपाल राष्टिय माविका कारण बिद्यार्थीहरु पढ्नबाट बंचित भएका हुन् । सोशी उपमहानगरपालिकाको वडा नम्बर १३ पचुलीमा रहेका स्थानीय छात्राहरु उर्मिला माझी,मंजली माझी र प्रर्मिला माझी खर्च नभएपछि बिगत केही महिनादेखि बिद्यालय जान नपाएको गुनासो गरेका छन् । बिद्यालयले शुल्क मागेपछि आफूसंग खर्च नभएपछि बाध्य भएर छोरीलाई बिद्यालय नपठाएको उर्मिला माझीकी पिता फिरंगी माझीले बताए ।
त्यस्तै वडा नम्बर ७ का नाभी माझीले पनि छोरी खर्च अभावका कारण नै बिद्यालय पठाउन नसकेको बताए । उनी छोरी मंजली हुन् उनीपनि बिद्यालयले मागेको रकम तिर्न नसकेपछि बिद्यालय जान नपाएकी हुन् ।
यसो भन्छन् प्रअ
बिद्यालयका प्रधानाध्यापक अक्षय चौधरीले भने आफूहरुका कारण बिद्यार्थीहरुलाई कुनै समस्या नभएको बरु उनीहरु नै गएको साउनदेखि बिद्यालयमा पढ्न नै नआएको बताए । उनले कोचिंगका लागि पैसा मागिएको भए मात्रै बिद्यालयले उल्टै दलित र जेहेन्दार बिद्यार्थीहरुका लागि छात्रबृत्तिको ब्यवस्था गरेका कारण बिद्यार्थीहरु पढाइबाट बंचित हुनु पर्ने अवस्था नै नभएको दाबी गरेका छन् ।