६२ सय ३८ जनाले एस.ई.ई दिने

निशा गुरुङ
६ फाल्गुन २०७६ ०९:३८

हेटौंडा÷ मकवानपुर जिल्ला बाट यस वर्ष एस.ई.ई ६२ सय ३८ जनाले परिक्षा दिने भएका छन् । मकवापुर जिल्लाका १५ वटा परिक्षा केन्द्र र २४ वटा जिल्लामा परिक्षा संचालन गरिने भएको छ । यस वर्ष नियमित तर्फ बाट ६ हजार १ सय ९४ जना विधार्थीले परिक्षा दिने भएका छन् । आङसीक तर्फबाट अर्थात पुरानो ग्रेड बृद्धीका परिक्षार्थी ४४ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइले बताएको छ ।

गत वर्ष ५ हजार ९ सय ७९ जनाले एस.ई.ई दिएको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका सुचना अधिकृत कृष्ण प्रसाद पौडेलले बताए । परिक्षा दिनेमा १५ वटा केन्द्र र जिल्लावाट २४ वटा सहभागि रहने भएको छ । गत वर्ष भन्दा यस वर्ष एस.ई.ई दिनेको संख्या बढि भएको पौडेलले बताए । शिक्षा विकास तथा समन्वय इकाइमा कर्मचारी अभाव भएकोले खटन पटन गर्न समस्या हुने भए पनि यस वर्ष अघिल्ला वर्षहरु भन्दा मर्यादित भएर चलाउने पौडेलले जानकारी गराए । यस वर्ष परिक्षा चैत ६ गते बाट सुरु हुने भएको छ । परिक्षाको सुरुको दिन ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद, ११ गते प्राविधिक विषय , अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेद तर्फ कर्मकाण्ड÷फल ज्योतिस, १२ गते संस्कृत तर्फ ः अनिवार्य संस्कृत भाषा , प्राविधिक विषय , १३ गते साधरण तथा संस्कृततर्फ एच्छिक प्रथम पत्रका सवै विषयहरु, वेदविद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिक विषयतर्फ ःऐच्छिक गणित, १४ गते साधरण तर्फ सस्कृततर्फः ऐच्छिक द्धितिय पत्रका सबै विषयहरु,वेदविद्याश्रमतर्फःऐच्छिक द्धितिय पत्रका सवै विषयहरु, प्राविधिक विषय , १५ गते प्राविधिक विषय, १६ गते प्राविधिक विषय, १७ गते प्राविधिक विषय हुने भएको छ । सबै विधार्थीहरुलाई परिक्षाको तयारी गर्न आग्रह समेत गरिसकेको पौडेलले जानकारी दिए ।