असहाय र वेसहारा वृद्धवृद्धाहरु आश्रमै रमाउदै
निशा गुरुङहेटौडा÷ उपमहानगरपालिका ९ स्थित मानव सेवा आश्रममा आश्रय लिएर वसेका असहाय र वेसहारा वृद्धवृद्धाहरु रमाउदैछन । उनीहरुले आफन्त र घर परिवार विर्सेका छन । उनीहरुलाई आश्रम घर भएको छ भने आश्रममा उनीहरुको स्याहार सुसार गर्नेहरु परिवार भएका छन । विगतमा हेटौडा उपमहानगरपालिका—४ मा वस्दै आएका वेसहारा वृद्धवृद्धहरुलाई आश्रमले ७ करोडमा आफनै भवन निर्माण गरेर उनीहरुलाई फागनु ४ गते यहा“ सारेको हो ।विभिन्न खालका क्रियाकलापहरुले गर्दा यहा फुर्तिलो र ताजा हुने र स्याहार सुसार पनि राम्रँे हुने भएकाले यही नै असाध्यै रमाईलो लागेको छ २०६३ साल देखि नै बस्दै आएका ४८ वर्षका गोपाल सापकोटाले भने । घरको मान्छे लिन आएनि म जान्न उनले भने , मानव सेवा आश्रममा पारिवारिक वातारण भएको हु“दा आश्रममै रमाईलो लाग्ने गरेको छ । उनको घर हेटौंडा ४ मा रहेको र उनलाई भेट्न बेला बेलामा आमा दाजु आउने गरेको उनले भने । उनी पहिलो चोटी आश्रममा आउ“दा निकै नै नाजुक अवस्था थियो । दिसापिसाव ओछ्यानमा गर्ने र मानसिक सन्तुलन गुमाएका थिए मानव सेवा आश्रमकी उमा भन्डारीले भनिन । तर अहिले आश्रममा आईसके पछि धेरै परिवर्तन आएको छ र उनले अरुलाई सरसहयोग गर्दै आएको छन । आश्रममा आईसकेपछि धेरै राम्रोे भएका हुनाले उनलाई पुरस्कृत गरिएको भण्डारीले बताए । त्यस्तै ७० वर्षीया विष्णु कुमारीलाई पनि आश्रममै रमाईलो लागेको छ । आश्रममा स्याहार सुसार गरिदिने, माया गर्ने सरसफाई पनि गरिदिने गरेकाले यहा घर भन्दा पनि रमाइलो लाग्ने गरेको वताइन । मान्छेहरु भेट्न आउ“दा चिनाई दिने गर्छु र मलाई य“हा नै धेरै रमाईलो लाग्छ । आश्रममा अहिले १ सय २४ जना बस्दै आएको उमा भण्डारीले जानकारी गराईन । आश्रममा आश्रय लिएका अधिकांश मानसिक सन्तुलन गुमाएका र घरबारबिहिनहरु छन । मानव सेवा आश्रमले अधिकांशलाई सडक पेटीमा कष्टकर जीवन विताइरहेको अवस्थामा उद्धार गरेर ल्याएका हुन । ईच्छा अनुसार के काम गर्न सकिन्छ त्यही काम गर्न लगाउने गरेको उनले भनिन । गाई पनि पालेका छौ कोही गाई चराउन मन लागेकाहरुलाई गाई चराउन दिने घा“स काट्न दिने दुध दुन दिने जस्ता गर्छन । त्यसो गरेमा मानसिक विकास हुने पहिलाको स्मरण हुने बताए । आश्रममा महिनाको पहिलो हप्ता नशा तथा मानसिक विषेशज्ञ आएर स्वास्थ्य परिक्ष्ँण गने गरेको छन् । आश्रममा २ जना नर्सहरु पनि रहेका छन् । आश्रम २०६९ साल भाद्र १३ गते स्थापना भएको थियो । ७ वटै प्रदेशमा १९ वटा स्थानमा आश्रम रहेको र बागमती
प्रदेशमा मात्रै ६ वटा आश्रम रहेको छ । सबै आश्रममा गरेर १ हजार भन्दा बढि मानिस बस्ने गरेको जानकारी गराइन । आश्रममा महिला पुरुष छुट्टा छुटै गरी राख्ने गरेको छ । स्थापना भएको ८ वर्षको अवधिमा ६ सय भन्दा बढिलाई पारिवारिक पुर्नमिलन गराईसकेको उनको भनाई छ । त्यस्तै आश्रममा सेवा गर्दै आईरहेकी जानकी गजुरेलले आश्रममा बसेर सेवा गर्दा निकै खुशि भएको बताइन ।