राजनीति भन्दा विकासमा जोड दिनु पर्नेः जम्मरकटेल
गुगलपाटी संवाददाता हेटौंडाः राष्ट्रिय समाचार समिति को ५९ औं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । राष्ट्रिय समाचार समिति बागमती प्रदेश कार्यालयको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा वार्षिकोत्सवको अवसरमा मकवानपुरका पत्रकार रिपेश दाहाललाई बागमती प्रदेशबाट रासस वर्ष सर्वोत्कृष्ट पत्रकारको रुपमा नगद सहित सम्मान गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेशको आन्तारिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकटेलले बोल्दै अब राजनैतिकलाई होइन विकासको कामलाइ जोड दिनुपर्ने बताए । मुलुकमा बहुमतको सरकार छ जनमतको जगमा सरकारले मुलुकलाई समृद्धिको बाटोमा डो¥याउनुपर्ने चुनौती रहेको जम्मरकटेलले बताए । सरकारले सुशासन र विकासको चिन्ता लिनु पर्ने उनको भनाइ छ ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिको अध्यक्ष रघुनाथ खुलालले बोल्दै मिडिया क्षेत्रको विकास भए सगैं त्रुटिपूर्ण समाचारले मिडियाको बद्नाम हुने गरेकोले सजक भएर समाचार लेख्नुपर्ने खुलालको भनाई छ ।
कार्यक्रममा राससले पत्रकारिता क्षेत्रमा खेलेको भुमिका बारे छलफल गर्दै प्रदेश सभा सदस्य मुनु सिग्देल, नेपाल पत्रकार महासघं बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइ, हेटौंडा अस्पतालको विकास समितिका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिती रहेको थियो । राससका बागमती प्रदेश प्रमुख सुरेश झाको सभाध्यक्षता मा कार्यक्रम भएको थियो ।