नुवाकोटमा सहचालकले बस चलाउँदा दुर्घटना, १६ घाइते, २ को अवस्था जटिल

गुगलपाटी संवाददाता
८ फाल्गुन २०७६ ०८:१७

हेटौंडाः जिल्लाको पञ्‍चकन्या गाउँपालिका ४ थप्रेकमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जसमध्ये दुई जना सख्त घाइते छन् । काठमाडौंका लागि छुटेको बा। २ ख। ६७४० नम्बरको बस थप्रेकको कुलकुले भट्टीडाँडामा बिहान करिब सवा नौ बजे दुर्घटनामा भएको हो ।

इलाका प्रहरी कार्यालय पञ्‍चकन्याका प्रहरी नायव निरीक्षक ९सई० रामेश्‍वर सहनीले घटनामा १६ जना घाइते भएको जानकारी दिए। उनका अनुसार घाइतेमध्ये २ जनाको अवस्था जटिल छ। १३ घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ। १ जना सामान्य उपचारपछि घर फर्किएका छन्।
सख्त घाइते थप्रेक आरुखर्ककी ७५ इन्दिरा खतिवडा र अर्का एक जनालाई भने हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सई सहनीले जानकारी दिए।

बस चालक फरार छन् भने सहचालक हरि मैनालीलाई इप्रका पञ्‍चकन्याले नियन्त्रणमा लिएको छ। सई सहनीका अनुसार सहचालकले चलाएका बेला बस दुर्घटना भएको हो। बस सडकबाट करिब २० मिटर खसेको छ।

दुर्घटनामा थप्रेक आरुखर्ककी मंगलबहादुर तामाङ, अनिल तामाङ, रामेश्‍वर खतिवडा, लालवीर तामाङ, सपना तामाङ, छावाछिरिङ तामाङ, बुद्धिबहादुर तामाङ, विष्णु बिक, लालसिंह तामाङ, सुरेन्द्र तामाङ, रविन तामाङ, राजु तामाङ, अजय तामाङ घाइते इप्रका पञ्‍चकन्याका हवलदार सन्तोष खड्काले जानकारी दिए। घाइते कृषबहादुर कार्कीबाहेक सबै थप्रेकका हुन्। त्यस्तै दुर्घटनामा बानियाँटारका केशव खनाल पनि घाइते भएका छन् ।
स्रोतः कान्तिपुर