गोकुल बाँस्कोटाले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

गुगलपाटी संवाददाता
८ फाल्गुन २०७६ ०९:५३

हेटौंडाः सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएको स्रोतले बताएको छ ।

बाँस्कोटा विमानस्थालबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमामा बुझाएको उनी निकट स्रोतले ईकान्तिपुरलाई बताएको छ।
स्रोतः कान्तिपुर