वनस्पतीमा नगरपालिकाले भत्कायो ४५ घर
गुगलपाटी संवाददाताकुमारी स्याङ्वो
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिमा निर्माणाधिन सहित ४५ घर भत्काएको छ ।
सार्वजनिक जग्गामा घर बनाएको भन्दै हेटौंडा उपमहानगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा डोजर लगाएर १५ वटा पक्की र डिविसी गरेको घर ३५ वटा घर भत्काएको हो । यस क्षेत्रमा सार्वजनकि जमिनमा धमाधम घर बनाउने क्रम बढेपछि नगरपालिकाले घर भत्काएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए ।
केही जानकारी नदिई एक्कासी घर भत्काउन आएको पिडितहरुको दुखेसो छ । ताईवान सरकारले किनेको जग्गामा सहकारीमा ऋण गरेर घर बनाएको पीडितहरुको भनाई छ । यहाँका प्राय सुकुम्बासी दैनिक जीवन बालुवा गिट्टी चालेर बिताईरहेको बताए ।
एकवर्ष अगाडीदेखि हेटौंडा १३ वनस्पतिमा बस्दै आएको कृष्ण बहादुर बलले ब्लकको ३ कोठे घर भत्काएको बताए । उनको दुुई छोरी र एक छोरा गरि ५ जनाको परिवार रहेको छ । बस्ने कुनै ठाँउ नभएर बलको परिवार सानो छाप्रो बनाएर बसिरहेका छन् । जाडोको समयमा खुल्ला आकाशमा बस्नुपर्दा धेरै समस्या आईपरेको बलले बताए । उनको उमेर ३५ वर्ष रहेको छ ।
त्यसैगरि वृद्धा ललितादेवी बर्तौलाको उमेर ६७ वर्ष रहेको छ । घर बनाएर ६ महिना बस्न नपाउदै भत्काएको उनले बताइन । उनको छोराबुहारी नातानातिनी गरि ५ जनाको परिवार रहेका छन् । २ कोठे जस्ताको घर ७ लाखको लगानीमा बनाएको बर्तौलाको भनाई छ । छोराले डोजर चलाउदै आएको अहिले घर भत्काउँदा व्यसहारा भइरहेको उनले बताईन । उनको परिवार बस्ने ठाँउ नभएर चर्चमा बसिरहेको छन् ।
गर्भवती महिला बिमला ब्लोनको ६ महिना बस्न नपाउदै घर भत्काएको छ । उनी ९ महिनाको गर्भवती रहेको छ । यहि महिनाको अन्तिममा उनको सुत्केरी हुने मिति डक्टरले दिएको छ । एउटा छोरी गरि ३ जनाको परिवारमा बस्दै आएको उनले बताए । ४ लाखको लगानीमा २ कोठाको घर निर्माण गरेर ६ महिना बस्न नपाउदै भत्काएको उनले दुखेसो छ । उनको परिवार अहिले पाल टानेर बसिरहेका छन । गर्भवती महिलालाइ बाहिर चिसोमा बस्नुपर्दा धेरै गाह्रो भइरहेको उनले बताए ।