मन्त्री बाँस्कोटासँग ७४ करोड कमिसन ुबार्गेनिङु गर्ने मिश्रलाई पक्राउ गरिने
गुगलपाटी संवाददाताहेटौंडाः सेक्युरिटी प्रिन्टिङ खरिदका नाममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग कमिसनको कुरा गर्ने विजय प्रकाश मिश्रलाई पक्राउ गरिने भएको छ। संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुको चरित्र हत्या गर्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै मिश्रलाई पक्राउ गरी कारवाही गर्न साइबर क्राइम ब्यूरोलाई पत्राचार गरिएको हो। बिहीबार बसेको लेखा समितिको बैठकका सदस्यहरुले सञ्चारमन्त्रीसँग जोडिएको भ्रष्टाचार र कमिसनको कुरामा आफूहरुलाई जोडेर बदनाम गराउन खोजिएको भन्दै आपत्ति प्रकट गरेका थिए। मिश्रलाई अडियो टेप सार्वजनिक गरेको भन्दा सांसदहरुको चरित्र हत्या गरेको आरोपमा समितिको तर्फबाट सचिव डा। रोजनाथ पाण्डेले बिहीबार साइबर ब्युरोलाई पत्राचार गरेका हुन्। त्यसैगरी समितिले सांसदहरुलाई भ्रष्ट भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्ने प्रभातकिशोर उपाध्यायलाई पनि पक्राउ गरी कारवाही गर्न साइबर ब्यूरोलाई भनेको छ। ‘मुद्रण सुरक्षासम्बन्धी विचाराधीन रहेको विषयसँग जोडी अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा भ्रामक समाचार फैल्याएको तथा सांसदहरुको चरित्र हत्या गर्ने प्रयास गरेकाले उनीहरुलाई साइबर क्राइमसम्बन्धी कसुरमा कारवाही गरी त्यसको प्रतिवेदन यथाशक्य चाँडो यस समितिमा पठाइदिनू’, पत्रमा भनिएको छ। सांसदहरुले के भनेरु सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरणमा स्वीस कम्पनीसँग कमिसन मागेको भिडियो सार्वजनिक भएलगत्तै ‘जर्मन कम्पनीलाई दिन लेखा समितिका मान्छेले पनि कमिसन खाने गरि सेटिङ गरिसकेका’, भनेर फेसबुकमा आफूहरुको तस्बिर हालिएको सांसदहरुले बताएका थिए। समिति सदस्य सूर्य पाठकले सांसदहरुको चरित्र हत्या भएको बताउँदै त्यस्तो काम गर्ने्विरुद्ध कारवाही प्रक्रिया अघि बढाउन माग गरेका छन्। ‘आज हामीले यो अडियो बाहिर नल्याएको भए आजै लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुँदै थियो । लेखा समितिका मान्छेले पनि कमिसन खाने गरी सेटिङ गरिसकेका थिए भन्ने आरोप छ यसमा सभापतिको गम्भीर ध्यान जाओस’, पाठकले भने, ‘हामीले अहिलेसम्म निर्णय गरेका छैनौँ। छलफल गरेका छैनौँ। विषय वस्तुमा प्रवेश गरेका छैनौँ। यसरी चरित्र हत्या गर्न पाईन्छ कि पाईदैनरु’ यसबारेमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने उनले बताए। ‘जसलाई विज्ञ भनेर बोलाउनुभयो । उहाँले यो कुरा बोल्नुभएको छ । र सामाजिक सञ्जालमा हाम्रा तस्बिरहरु भ्रष्टाचारी भनेर सार्वजनिक गरिएको छ’, उनले भने, ‘यसबारेमा छानविन गर्नुपर्ने जोडदार माग गर्न चाहन्छु।’ अर्का सदस्य डाक्टर मिनेन्द्र रिजालले ‘७४ करोड होइन ४ अर्ब खाएर आज जर्मन कम्पनीलाई ठेक्का दिन थालेपछि स्वीस एजेन्टले क्लिप बाहिर ल्याएको’ भन्दै प्रभात किशोर उपाध्यायको नाममा सामाजिक सञ्जालमा आफुहरुको तस्बिर पनि सार्वजनिक हुनु लेखा समितिमाथिकै आक्रमण भएको गुनासो गरे। सरकारले गरेका अन्य बदमासीका काम पनि छानविन नहोस् र प्रभावित बनुन् भनेर समितिमाथि आक्रमण भएको भन्दै उनले त्यस्ता प्रयोगकर्तामाथि तत्काल छानविन थाल्न सभापतिको ध्यानाकर्षण गराए। ‘यो लेखा समितिको विश्वसनियता माथिको आक्रमण हो’, उनले भने, ‘लेखा समितिमाथि आक्रमण गरेर सरकारका अरु यस्ता किसिमको बदमासी र अनियमितताको छानविन गर्न नसकोस् भनेर लेखा समितिको विश्वासमाथि आक्रमण गरिएको छ । यसलाई गम्भीरतापुर्वक लिनुपर्छ।’
स्रोतः थाहाखबर