बागमती गोल्डकप : सेमिफाइनल समिकरण पुरा

गुगलपाटी संवाददाता
८ फाल्गुन २०७६ १३:१०

हेटौंडा : बिरगंज युनाइटेडलाई ४ः३ ले टाइब्रेकरमा पराजित गर्दै संकटा युवा क्लव काठमाडौं जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार जनता मावि प्राविधिक शिक्षालयको खेल मैदानमा सम्पन्न खेलमा बिरगंजलार्ई ४ ः३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।
टाईब्रेकरमा संकटा क्लबका अमित तामाङ, राजेन्द्र रावल, विदेशी खेलाडी मेसेक एसि, दिपेश आले मगर गोल गरे । कप्तान एस्नेट ताम्पिले प्रहार गरेको बल गोलपोष्ट बाहिरियो । फापरबारी दर्शकको समर्थन पाएको बिरगंजका खेलाडीले थुप्रै अवसर खेर फालेका थिए । संकटाका खेलाडीको आक्रमणलाई बिरंगजका गोलरक्षकले विफल तुल्याइदिएका थिए ।
खेलमा म्यान अफ दी म्याच बिरगंजका जर्सी नम्बर १४ का कृपा चौधरी घोषित भए । उनले नगद पा“च हजार रुपैया“ प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत् शुक्रबार पहिलो सेमिफाइनलको खेल हिमालय शेर्पा क्लव र च्यासल युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले नगद ३ लाख रुपैया“ प्राप्त गर्नेछन् ।