‘गणतन्त्र र हाम्रो भविष्य विषयक’ खुल्ला कविता प्रतियोगिता सम्पन्न
गुगलपाटी संवाददाताहेटौंडा÷‘गणतन्त्र र हाम्रो भविष्य विषयक’ खुल्ला कविता प्रतियोगिता तथा योगमाय विद्यापति सम्मान समर्पण समारोह आज हेटौंडामा भएको छ । नेपाली लेखक संघ, मकवानपुरको आयोजनामा भएको भएको कार्यक्रममा बारा, पर्सा, रौतहट, मकवानपुर र चितवनका २९ प्रतियोगि सहभागी थिए ।
प्रतियोगितामा बाल कवितातर्फ प्रतीक कर्णले प्रथम हुँदै नगद २ हजार प्राप्त गरे । द्वितीय हुने राधा कुमारी महतोलाई नगद १५, तृतीय हुने अग्रिम लम्साललाई नगद १ हजार सहित सम्मान गरिएको छ ।
त्यसैगरी, युवातर्फ अनिल कोईरालाले प्रथम हुँदै नगद ४ हजार प्राप्त गरेको छ । द्वितीय बिन्दिरा अधिकारीलाई नगद ३ हजार र तृतीय गोकर्ण लामालाई नगद २ हजार र सम्मानपत्र प्रदान गरिएको छ ।
त्यस्तै यो वर्षको तेस्रो योगमाया विद्यापतिमा सम्मान रौतहटका साहित्यकार हरिकृष्ण काफ्लेलार्ई प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेपाली लेखक संघ, मकवानपुर शाखाका अध्यक्ष विष्णु प्रसाद गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको प्रायोजन तथा आनन्दराम पराजुलीको सहः प्रायोजन रहेको थियो ।