हिरण्यलाल श्रेष्ठलाई एम्नेष्टिको सम्मान
गुगलपाटी संवाददाताहेटौंडा : इन्द्रबहादुर श्रेष्ठ स्मृति मानव अधिकार सम्मान २०७६ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई सम्मान प्रदान गरिएको छ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सम्मान गरेका हुन् । एम्नेस्टी एन्टरनेसनल नेपाल समुह ६७ हेटौंडाको २० औं वार्षिक साधारण सभाको अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो ।
अधिवेशन एवम् इन्द्रबहादुर श्रेष्ठ स्मृति मानव अधिकार सम्मान २०७६ समर्पण समारोह समुहका सयोंजक विजय कुमार वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख सानु कुमार श्रेष्ठले बोल्दै विश्वमा शान्ति फैलाउने देश नेपाल रहेको बताए । उनले मानव अधिकारकर्मीहरु पनि समय सँगै परिवर्तन हुनु पर्ने बताए । कार्यक्रममा एम्नेष्टिका केन्द्रिय प्रतिनिधी महेश कुमार पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।