सगरमाथा चढ्न चेपाङ युवालाई आर्थिक अभाव
गुगलपाटी संवाददाताहेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका ७ का ३१ वर्षीय राजकुमार चेपाङ विश्वको सर्बोच्च शिखर सगरमाथा हिमाल आरोहण गर्न सहयोगको माग गरेका छन् । जेठ ५ गते सगरमाथा हिमालको आरोहण गर्ने तयारी गरेका उनले आर्थिक अभावका कारण हिमाल चढ्ने प्रक्रिया अघि बढाउन सकेका छैनन् ।
सगरमाथा आरोहण गर्न करिब २६ लाख रुपैयाँ खर्च लाग्ने उनले बताए । उनले लाङटाङ हिमाल थोरङ्ला पास चढिसकेका छन् । उनी सरगरमाथा चढ्न लागेका चेपाङ समुदायको पहिलो व्यक्ति हन् । ६ हजार मिटर अग्लो हिमालहरु आफुले चढिसकेको चेपाङले बताए । सहयोगको लागि मकवानपुरका १० वटै स्थानीय तह तथा बागमती प्रदेश सरकारलाई अनुरोध गरिएको चेपाङले बताए ।