कार्यक्रममै नपुगी फर्किए उपप्रधानमन्त्री पोखरेल
गुगलपाटी संवाददाता
हेटौंडाः बीपी राजमार्ग अवरुद्ध भएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममै नपुगी काठमाडौं फर्किएका छन् ।
सिन्धुलीको गोलान्जोर गाउँपालिका–७ को तल्लोबारा पलाँसेमा सोमबार बिहान वृद्धलाई ठक्कर दिएर भाग्ने गाडी र चालक नियन्त्रण लिन माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका थिए ।राजमार्ग अवरुद्ध भएपछि कमलामाई नगरपालिकाको भिमानमा आयोजित ऋषिराज देवकोटाको स्मृतिसभामा सम्बोधनका लागि आएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल राजमार्ग अवरुद्ध भएको थाहा पाएपछि कार्यक्रममै नपुगी सुनकोशी गाउँपालिकाको रामटारबाटै फर्किएका हुन् ।गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमका अनुसार मृतकका छोरा आएपछि थप छलफल गर्ने भन्दै ८ घण्टादेखि अवरुद्ध राजमार्ग खुलाइएको छ । ठक्कर दिने गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतः कान्तिपुर