जलाउन लागेको मुर्दा उठ्यो, भुत भनेर भागे मलामी
गुगलपाटी संवाददाताहेटौंडाः भारतको ओडिसा भन्ने ठाउँमा जलाउन लागेको मुर्दा उठेपछि मलामि गएकाहरू अचम्मित बनेका छन् । सीमान्चक मलिक नाम गरेका व्यक्ति मरेको भनेर अन्तिम संस्कारका लागि घाट पुर्याइएको थियो । तर अन्तिम संस्कार गर्दै गर्दा मलिक उठेपछि मलामि गएकाहरु भुत भनेर तर्सिका हुन् ।
मलामिमध्ये कसैले चिकित्सकलाई खबर गरी अस्पताल पुर्याएर मृत भनिएका मलिकको उपचार गराइयो । हाल उनको अवस्था सामान्य छ । यो घटना हाल भारतमा निकै चर्चामा रहेको छ । शनिबार बाख्रा चराउन जंगल गएका मलिक आइतबारसम्म घर नफर्किएपछि खोज्न गएका आफन्तले उनलाई बेहोस अवस्थामा भेटे का थिए । उनीहरुले मलिक मरेको सम्झिएर अन्तिम संस्कारका लागि घाट पुर्याएका थिए तर उनी मृत नभएर ज्वरोका कारण बेहोस मात्र भएको चिकित्सकले बताएका छन् ।