७३ जनाले रक्तदान
गुगलपाटी संवाददाताहेटौंडाः ३८ औं मगर संघ स्थापना दिवसको आयोजनामा हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम भएको छ ।
कार्यक्रममा ६ जना महिला र ४७ जना पुरुष गरि ५३ जनाले रक्तदान गरेको नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति मकवानपुरकी अध्यक्ष डेमिज थापा मगरले जानकारी दिए ।
नेपाल मगर संघ, नेपाल, नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति मकवानपुर र नेपाल मगर सांस्कृतिक संघको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
यसैगरी, आज हेटौंडा १२ अवस्थित प्रथम सहिद क्याप्टेन लखन थापा मगर स्मृति वाटिकामा वाटिका समितिको व्यवस्थापनमा नेपाल मगर उपमहानगरपालिका कार्यसमितीको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
उक्त कार्यक्रममा सः शुल्क खानपानको कार्यक्रम पनि रहेको स्मृति वाटिकाका सचीव सुवास जंग थापाले जानकारी दिए ।